नियम १८
संक्षिप्त कर बिजक
(१) नियम १७ मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवाको खुद्रा बिक्री गर्ने भएमा सोही कुरा खुलाई सम्बन्धित कर अधिकृत समक्ष निवेदन दिएमा त्यस्तो दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवाको खुद्रा बिक्री गर्दा नियम १७ मा उल्लेख भए बमोजिमको कर बिजकको सट्टा अनुसूची–६ बमोजिमको ढाँचामा प्रापकलाई संक्षिप्त कर बिजक दिनु पर्ने गरी अनुमति दिन सक्नेछ ।
(२) कम मोल पर्ने धेरै वस्तुहरू बिक्री गरिएको रहेछ भने उपनियम (१) बमोजिम दिइने संक्षिप्त कर बिजकमा सबै वस्तुहरूको छुट्टा छुट्टै नाम उल्लेख नगरी एकमुष्ट केही वस्तुहरू भनी उल्लेख गर्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम वस्तु खरिद गरी संक्षिप्त कर बिजक लिने प्रापकले ऐनको दफा १७ बमोजिम कर कट्टी गर्न पाउने छैन ।
(४) उपनियम (१) बमोजिम प्रापकलाई संक्षिप्त कर बिजक दिने दर्ता भएको व्यक्तिले सो कुराको अभिलेख देहायबमोजिम राख्नु पर्नेछ ः–
(क) सक्कल बिजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,
(ख) टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने,
(ग) प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्ने ।
(५) उपनियम (४) बमोजिम दर्ता भएको व्यक्तिले राख्नु पर्ने अभिलेख राखेको नपाइएमा कर अधिकृतले उपनियम (१) बमोजिम संक्षिप्त कर बिजक जारी गर्न दिएको अनुमति खारेज गर्न सक्नेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि दश हजार रुपैयाँभन्दा बढी मूल्यको कारोबार भएको रहेछ भने यस नियमबमोजिम संक्षिप्त कर बिजक जारी गर्न पाईने छैन र सोभन्दा कम रकमको कारोबार भएको भए तापनि नियम
१७ बमोजिमको कर बिजकको माग गर्ने प्रापकलाई सोही बमोजिमको कर बिजक उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ ।
……………
(७) संक्षिप्त कर बिजकबाट करको कूल अङ्क बिजक मूल्यलाई कर भिन्नले गुणन गरी निकालिनेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “कर भिन्न” भन्नाले करको दर
–––––––––––––– को योगलाई जनाउँछ ।
करको दर × १००